प्रधानमन्त्रीको युरोप भ्रमण आजबाट

प्रधानमन्त्रीको युरोप भ्रमण आजबाट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

प्रधानमन्त्री केपी शर्मा ओलीे युरोप भ्रमणका लागि शनिबार (आज) अपराह्न त्यसतर्फ प्रस्थान गर्दैछन् । उक्त भ्रमण दुई पक्षीय हितमा केन्द्रित हुने प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले जानकारी दिए ।

भट्टराईले प्रधानमन्त्रीको भ्रमणले बेलायत, स्विजरल्यान्ड र फ्रान्ससँगको सम्बन्धका आधार र सहकार्यलाई प्राथमिकतामा राख्ने प्रष्ट पारे ।

भ्रमणको क्रममा नेपालले लामो राजनीतिक सङ्क्रमण अन्त्य गरेको अवस्था र नयाँ संविधान जारी गरेपछिको अवस्थाबारे पनि प्रधानमन्त्री ओलीले जानकारी गराउने डा भट्टराईले बताए । ‘बेलायसँगको हाम्रो सम्बन्ध सन् १९४७ को सन्धिले निर्देशित गर्छ । मलाई लाग्छ यसमा तलमाथि हुँदैन’ उनले भने । पेरिसमा पनि उच्च तहको भेटवार्ता हुने उनले जानकारी दिए । प्रधानमन्त्री असार १ गते स्वदेश फर्कने कार्यक्रम छ ।

Skip This
Skip This
Logo