काठमाडौं,
केही महिना अघि १९ अर्ब रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) अपचलन गर्ने १३४ व्यापारिक फर्मविरुद्ध अदालतमा मुद्दा दायर गरेको राजस्व अनुसन्धान विभागले पछिल्लो समय साढे तीन अर्ब रुपैयाँ राजस्व छली भएको थप तथ्य फेला पारेको छ ।
विभागको अनुसन्धानमा ८० वटा नक्कली कम्पनी खडा गरेर नक्कली बिल बिक्री गरी साढे तीन अर्ब रुपैयाँ राजस्व अपचलन गरेको फेला परेको हो । मुलुकको राजस्वको प्रमुख स्रोत भ्याटमा भइरहेको अवैध कारोबारले राजस्व प्रशासनमा गम्भीर प्रश्न खडा गरेको छ ।
विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार पछिल्लो चरणको अनुसन्धानमा मजदुर अथवा कुनै सामान्य व्यक्तिका नाममा कम्पनी खडा गरेर करिब सात अर्ब रुपैयाँका नक्कली बिल बिक्री गरेको भेटिएको छ । ‘सात अर्बको बिल बिक्री गर्दा करिब साढे तीन अर्ब रुपैयाँ राजस्व छली भएको छ,’ मैनालीले भने, ‘प्रारम्भिक अनुसन्धानमा यस्तो भेटिएको हो । यो जालो फैलिने र रकम पनि अझ बढ्ने अनुमान गरेका छौं ।’
प्रधानमन्त्री कार्यालयमातहत सारेपछि चुस्त बनेको विभागले केही महिनाअघि राजस्व छली गर्ने एक सय ३४ व्यापारिक फर्म तथा कम्पनीविरुद्ध पौने १९ अर्ब रुपैयाँ बिगो दाबी गर्दै मुद्दा दायर गरिसकेको छ । नक्कली बिल बनाएको सूचनाका आधारमा अनुसन्धान गर्दै जाँदा ८० फर्मले बेचेका बिल पाँच सय फर्म तथा कम्पनीले खरिद गरेका छन् । बिल खरिद गर्नेमा विभिन्न कम्पनी, सरकारी तथा गैरसरकारी कार्यालय र वित्तीय संस्था रहेको अनुसन्धानमा भेटिएको छ ।
नक्कली बिलबाट कारोबार गर्नेले मूल्य अभिवृद्धि कर (भ्याट) र आयकर छलेका छन् । गैरकानुनी बाटोबाट तथा न्यून बिजकीकरण गरेर ल्याएका सामान खरिदबिक्रीमा पनि यस्तो बिल प्रयोग भएको छ । नक्कली बिल बनाएर बेच्नेले बिल बिक्री गरे बापत रकम लिन्छन् ।
नागरिकबाट





























प्रतिक्रिया