लहान,

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जनालाई आज पक्राउ गरेको छ। "/>

विद्युत् चोर्ने १६ जना पक्राउ

विद्युत् चोर्ने १६ जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

लहान,

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत् चुहावट गर्ने १६ जनालाई आज पक्राउ गरेको छ।

विद्युत् प्राधिकरण वितरण केन्द्र लहानको विद्युत् चुहावट नियन्त्रण टोलीले उनीहरुलाई लहान नगरपालिका, भगवानपुर गाउँपालिका र लक्ष्मीपुर पतारी गाउँपालिकाको विभिन्न वडाबाट पक्राउ गरेको हो।

अनुगमनका क्रममा हुकिङ गरी विद्युत् चुहावट गरिरहेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको विद्युत् प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए। टोलीले सो क्रममा नौ थान विद्युत् मिटर, पङ्खा र टेलिभिजनलगायत सामग्री बरामद गरेको छ। पक्राउ परेकाहरु माथि विद्युत् चुहावट ऐनअन्तर्गत कारवाही गरिने यादवले बताए ।

रासस

Skip This
Skip This
Logo