सातदोबाटोमा जिबी होलिडेज ट्राभल्सको कार्यालय खुल्यो

सातदोबाटोमा जिबी होलिडेज ट्राभल्सको कार्यालय खुल्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । जिबी होलिडेज ट्राभल्स एण्ड टुर्स प्रालिले काठमाडौंमा कार्यालय सञ्चालनमा ल्याएको छ । जिबी होलिडेज ट्राभल एण्ड टुरिजम एल.एल.सी., युएईको शाखा कार्यालयको रुपमा सातदोबाटोमा कार्यालय सञ्चालनमा आएको जिबी होलिडेज ट्राभलस् एण्ड टुर्स प्रा. लि. का निर्देशक जिबी कार्किले जानकारी दिए ।

विगत एक दशकभन्दा लामो समयदेखि पर्यटन व्यवसायमा अनुभव बटुलिसकेको जिबी होलिडेज ट्राभलस् एण्ड टुर्स प्रा. लि. ले स्वदेस तथा विदेश भ्रमणका लागि आवश्यक पर्ने सबै प्रकार सेवा एवं सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

यस जिबी होलिडेज ट्राभलस् एण्ड टुर्स प्रा. लि. ले ग्राहकहरुको चाहना अनुरुप विभिन्न प्रकारका ट्राभल तथा होलिडे प्याकेजहरु एवं भिसा सम्बन्धी कार्यहरु, होटल बुकिंग, ट्राभल इन्सुरेन्स, यातायात सुविधा एवम् अन्य परामर्श सेवाहरु प्रदान गर्दै आएको छ ।

जिबी होलिडेज ट्राभल एण्ड टुरिजम एल.एल.सी. को लामो अनुभव एवं उच्च कार्य क्षमताका कारण हाल दुबई एवं अन्य राष्ट्रहरुमा ट्राभल्स एण्ड टुर्सका लागि यो कम्पनी सबैभन्दा विश्वासिलो ट्रिप एड्भाजर बन्न सफल भइसकेको छ ।

नेपालको पर्यटन विकास एवं प्रवद्र्धनमा टेवा पु¥याउन नेपाल पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नेपालमा पर्यटक भि¥याउने उद्देश्यले यस जिबी होलिडेज ट्राभल एण्ड टुरिजम प्रा. लि. ले अन्य विभिन्न राष्ट्रहरुमा प्रचार प्रसार गर्दै आएको छ भने पर्यटकहरुलाई शुलभ मूल्यमा आकर्षक प्याकेजहरु पनि तयार पारेको छ ।

Logo