विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा

विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा

केन्द्रबिन्दु
0
Shares

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भक्तपुरमा एक रोपनी जग्गा कब्जा गरेको दाबी गरेको छ।

विप्लव समूहको भक्तपुर जिल्ला जनपरिषदले चाँगुनारायण नगरपालिका–२ दुवाकोटको एक रोपनी एक दाम जग्गा कब्जामा लिएको हो।कित्ता नम्बर १७९८ रहेको उक्त जग्गामा सोमबार विप्लव समूहले झन्डा गाडेको छ ।

उक्त जग्गा चाँगुनारायण नगरपालिका–५ की निर्मलाकुमारी पुरी र भक्तपुर–१० कमलविनायककी चन्द्रमाया सुवालको नाममा छ। भू-माफियाले चलखेल गरी उक्त जग्गाका वास्तविक धनीबाट उम्काएको आरोप विप्लव समूहले लगाएको छ।

जग्गा भएको स्थानमा ‘यो जग्गा कुनै पनि व्यक्तिले हडप्न पाइँदैन, अन्यथा जनपरिषदले कडा कारबाही गर्नेछ,’ लेखिएको छ ।

Skip This
Skip This
Logo