विश्वकप क्रिकेटमा आज (मंगलबार) श्रीलंका र अफगानिस्तान भिड्ने भएका छन् । यो खेल वेल्सको कार्डिफ स्टेडियममा हुनेछ।
विश्व क्रिकेटको महारथी बन्ने अभियानमा रहेको अफगानिस्तानर पूर्व च्याम्पियन भएर पनि जारी विश्वकपमा कमजोर आँकिएको श्रीलंकाबीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ ।
यसअघि एक-एक खेल खेलेका श्रीलंका र अफगानिस्तान दुवैले हार व्येहोरेका छन् । तर, विश्वकपको दोस्रो खेलमा दुवै टोली एक अर्काविरुद्ध जीतको खोजिमा मैदान उत्रिदैछन् ।
विश्वकपमा राम्रो शुरुवात गर्न नसकेको श्रीलंकाले पहिलो खेल १० विकेटले न्युजिल्यान्डसंग हारेको थियो । यस्तै, अफगानिस्तान पनि पहिलो खेलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
श्रीलंका र अफगानिस्तान एकदिवशीय क्रिकेटमा अहिलेसम्म ३ पल्ट आमने सामने भएकोमा २ खेल श्रीलंका र १ खेल अफगानिस्तानले जितेको छ ।





























प्रतिक्रिया