काठमाडौं,
गृहकार्य नपुगेको भन्दै सोमबार बस्ने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई मङ्गलबार (आज) लाई सारिएको छ ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच पोलिटब्युरो गठन र केन्द्रीय कमिटीको कार्यविभाजनबारे पटक पटक छलफल भइरहेको छ । अध्यक्षद्वय बीचमा आइतबार पनि छलफल भएको थियो ।
सोमबार बस्ने सचिवालयको बैठकबाट पोलिटब्युरो गठन र केन्द्रीय कार्यसमितिको कार्यविभाजनको विषयमा टुङ्गो लगाउने विषयमा छलफल भएको थियो । दुई अध्यक्षको बीचमा छलफल नटुङ्गिएपछि सोमबार बस्ने भनिएको बैठक स्थगित गरिएको थियो । सोमबार पनि अध्यक्षद्वय बीच छलफल भयो ।





























प्रतिक्रिया