रसुवामा जीप दुर्घटना : दुई जनाको मृत्यु, ३ बेपत्ता

रसुवामा जीप दुर्घटना : दुई जनाको मृत्यु, ३ बेपत्ता

केन्द्रबिन्दु
0
Shares

नुवाकोट,
त्रिशूली–रसुवागढी सडकमार्गमा टाटासुमो दुर्घटना भएको छ । दुर्घटनामा दुई महिलाको घटनास्थलमै ज्यान गएको छ । तीन जना हराइरहेका छन् ।

६ जना घाइते मध्ये चार जनाको अवस्था गम्भीर रहेको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी देवर्सि सापकोटाले जानकारी दिए ।

वीरगन्ज–गल्छी–त्रिशूली–मैलुङ–रसुवागढी सडकमार्ग अन्तर्गत रसुवाको गुम्चेतमा सोमवार बेलुकी बा १० च ५८२० नम्बरको टाटासुमो दुर्घटना भएको सापकोटाले बताए । उनका अनुसार साँझ ६ बजे पोखराबाट नुवाकोटको विदुर हुँदै रसुवाको गोल्जुङ जाँदै गरेको जीप गुम्चेतमा सडकबाट एकसय मिटर तल खसेर दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेहरूको नाम खुलेको छैन । तीन जना हराइरहेका छन्। मृतक, घाइते तथा हराइरहेकाको पहिचान खुलेको छैन ।

Skip This
Skip This
Logo