कलङ्की-कोटेश्वर सडकमा गति निर्धारण, बढी स्पिडमा चलाए कारबाही

कलङ्की-कोटेश्वर सडकमा गति निर्धारण, बढी स्पिडमा चलाए कारबाही

केन्द्रबिन्दु
0
Shares

चक्रपथस्थित कलङ्की- कोटेश्वर सडकखण्डमा दुर्घटना बढेपछि सवारीको गति सिमा निर्धारण गरिएको छ।

महानगरीय ट्राफिक प्रहरीले जेठ २० गतेदेखि लागु हुने गरि गति सिमा निर्धारण गरिएको जनाएको छ । अब मुख्य लेनमा प्रति घण्टा ५० किमि र सर्भिस लेनमा प्रति घण्टा २० किमिको गतिमा मात्रै सावारी हाँक्न पाइने भएको छ।

तोकिएको यो व्यस्था भन्दा बढी स्पिडमा सवारी चलाए सवारी तथा यातायात व्यवस्था ऐन २०४९ परिच्छेद १० को दफा १६४ को उपदफा ६ अनुसार कारबाही गरिने जनाएको छ।

आइतबार मात्रै यो सडकखण्ड अन्तर्गत सानेपामा भएको भयानक दुर्घटनामा पत्रकारसहित २ जनाको ज्यान गएको थियो।

 

Skip This
Skip This
Logo