नारायणगढ–मुग्लिन सडकखण्ड पहिरोका कारण एकतर्फी सञ्चालनमा आएको छ। शनिबार राति आएको वर्षाका कारण दुई ठाउँमा पहिरो जाँदा सडक एकतर्फी रूपमा सञ्चालन भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार राति १० बजे जलविरे र पाँचकिलो भन्ने स्थानमा पहिरो गएको थियो। अहिले पहिरो पन्छाउने काम भइरहेको र अझै दुई/तीन घण्टा लाग्ने प्रहरीले जनाएको छ।
सो सडकखण्ड निर्माणका क्रममा अघिल्लो वर्ष पनि पहिरोका कारण यात्रुले सास्ती बेहोर्नुपरेको थियो।































प्रतिक्रिया