इंग्लिस क्लब लिभरपुलले छैटौँ पटक युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार विहान स्पेनको म्याड्रिडमा भएको च्याम्पियन्स लिगको फाइनलमा लिभरपुलले टोटनह्यामलाई २-० गोलले पराजित गरेर सन् २००५ पछि उपाधि जितेको हो।
खेल सुरु भएको दोस्रो मिनेटमै विवादास्पद पेनाल्टी गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । खेलको पहिलो मिनेटमै टोटनह्यामका मोउसा सिसिकोले बक्सभित्र ह्याण्ड गरेपछि स्लोभेनियाका रेफ्री दामिर स्कोमानियाले लिभरपुललाई पेनाल्टीको अवसर दिएका थिए । पेनाल्टीमा मोहम्मद सालाहले लेफ्ट फुटेट शर्टमार्फत उत्कृष्ट गोल गरी दोस्रो मिनेटमै अग्रता दिलाएका हुन् ।
च्याम्पियन्स लिग फाइनलमा छिट्टो गोल गर्ने सालाह दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००५ को फाइनलमा एसी मिलानका पाउलो माल्दिनीले लिभरपुलविरुद्ध ५० सेकेण्डमै गोल गरेका थिए । दोस्रो हाफको अन्त्यतिर सब्सिच्युड खेलाडी डिभोक ओरिगीले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरी लिभरपुललाई उपाधि सुरक्षित गरे । उनले जोयल माटिपको पासमा गोल गरेका हुन् ।

दोस्रो हाफमा टोटनह्यामका लागि सन ह्युङ मिन, ह्यारी केन र डेले अलीले पाएका अवसर सदुुपयोग गर्न सकेनन् ।
लिभरपुलले यसअघि सन् १९७७, १९७८, १९८४ र २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।






























प्रतिक्रिया