खोटाङ,
उपभोक्ताले उपयोग नगर्दा नेपाल खाद्य संस्थान शाखा कार्यालय खोटाङको १० क्विन्टल चामल सडेको छ ।
आव ०७२/७३ मा ल्याइएको जिरा मसिना चामल संस्थानको गोदाममै सडेको हो । बजारमा आउने चामल भन्दा महंगो मूल्य परेका कारण १० क्विन्टल चामल गोदाममै सडेको संस्थानका प्रमुख सुनिलकुमार शाहले बताए ।
दिक्तेल–रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलको हाँटडाँडास्थित संस्थानको गोदाममा रहेको सो चामल घुन, किरा, चिल्सा परेर सडेको हो । उपयोग गर्न नमिल्ने गरी सडेको चामल डिस्पोजको प्रक्रिया थालिएको संस्थानले जनाएको छ ।
आव ०७२/७३ मा प्रतिकेजी ६० रुपैयाँ पर्ने जिरा मसिना चामलको मूल्य हाल प्रतिकेजी ५० रुपैयाँमा झरेको छ । “संस्थानमा ल्याइएको मध्ये खपत हुन बाँकी १० क्विन्टल चामल सडेको अवस्थामा छ,” कार्यालय प्रमुख शाहले भने, “असारपछि डिस्पोजको प्रक्रिया अघि बढाउँछौँ ।” प्रयोग गर्नै नमिल्ने अवस्थामा पुगेका कतिपय चामल स्थानीयले पशु तथा चौपायालाई खुवाउने गरेका छन् ।
बजारको भन्दा महंगो पर्नु, गोदाम व्यवस्थापन चुस्त नहुनु, भण्डारस्थल चिसो हुनु लगायतका कारण संस्थानको चामल सडेको हो । पछिल्लो समय गाउँ–गाउँमा सडकको पहुँच विस्तार, संस्थानको चामल पुरानो हुँदै गए पनि मूल्य संशोधन नहुँदा चामल सड्ने अवस्थामा पुगेको शाहले बताए ।
कारोबारबाट





























प्रतिक्रिया