मोदीलाई भेटेर ओलीले दिए रुद्राक्ष उपहार

मोदीलाई भेटेर ओलीले दिए रुद्राक्ष उपहार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओली मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका थिए । भेटमा दुबै नेताले द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने प्रतिवद्धता व्यक्त गरेका भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई रुद्राक्ष उपहार दिएका छन् । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम छ ।

मोदी र कोभिन्दलाई झुकाउने ओलीको भाईरल तस्बिर

Skip This
Skip This
Logo