काठमाडौं,
प्रतिनिधिसभामा विनियोजन विधेयकका शीर्षकमाथिको छलफल जेठ २७ देखि असार ६ गतेसम्म हुने भएको छ । छलफल शनिबार बाहेकका दिनमा जारी रहने संसद् सचिवालयले जनाएको छ।
संसदमा प्रस्तुत भएको वार्षिक बजेटमाथि १९ गतेदेखि तीन दिन छलफल गर्ने र छलफलमा उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिएपछि विनियोजन विधेयकका शीर्षकमाथि छलफल सुरु हुनेछ । विनियोजन विधेयकका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ भने सम्बन्धित मन्त्रालयका मन्त्रीले दिनेछन्।
जेठ २७ गते खानेपानी र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको छलफल र त्यसको जवाफ असार ३ गते हुने कार्यक्रम तय गरिएको छ । जेठ २८ गते सहरी विकास मन्त्रालय, अर्थमन्त्रालयको छलफल हुनेछ भने जवाफ असार ४ गते हुने संसद् सचिवालयले जनाएको छ ।
जेठ २९ गते वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको छलफल हुनेछ भने जवाफ असार ४ गते हुनेछ । जेठ ३० गते हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संघीय मामिला र कानुन न्याय मन्त्रालयगत छलफलको जवाफ पनि असार ४ गते नै तोकिएको छ ।
जेठ ३१ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक मन्त्रालय, ऊर्जा जलस्रोत मन्त्रालयको छलफल हुनेछ भने असार १ गते शिक्षा मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालयको छलफल हुनेछ । ३१ गते छलफल भएको श्रम, भौतिक र ऊर्जा मन्त्रालयगत छलफलको जबाफ र १ गते छलफलमा उठेका प्रश्नको जबाफ सम्बन्धित मन्त्रीले असार ५ गते दिनेछन् ।
असार २ गते हुने स्वास्थ्य मन्त्रालय, रक्षा मन्त्रालय, संस्कृति, पर्यटन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालयको छलफलको जबाफ प्रधानमन्त्री तथा मन्त्रीले असार ६ गते दिने कार्यक्रम छ ।
नागरिकबाट































प्रतिक्रिया