नवलपुरको देवचुली नगरपालिका–२, दुम्कौलीमा बस र ट्रक एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १८ जना घाइते भएका छन् ।
बिहीबार नारायणगढबाट पाल्पा जाँदै गरेको ना२ख ४८९० नम्बरको ट्रक र कावासोतीदेखि नारायणगढतर्फ आउँदै गरेको ना४ख ५२९५ नम्बरको यात्रुवाहक बस ठोक्किएका हुन् ।
मृतकको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएकाहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया