सरकारले आज आर्थिक वर्ष २०७६/७७ का लागि बजेट प्रस्तुत गर्दैछ । जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था अनुसार सरकारले आज बजेट ल्याउन लागेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारका तर्फबाट संसदमा आज ४ बजे बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सरकारले आगामी आर्थिक वर्षका निम्ति करिब पौने १६ खर्ब रुपियाँको बजेट प्रस्तुत गर्ने स्रोतको भनाइ छ । यसअघि राष्ट्रिय योजना आयोगले १४ खर्ब ९३ अर्ब रुपियाँको बजेट सिलिङ तोकेको थियो ।
मंगलबार बजेटको पूर्ववत सिलिङमा हेरफेर गरी बजेटको आकार बढाउन सहज भएको थियो । अर्थमन्त्रीका रूपमा डा. युवराज खतिवडाको यो दोस्रो बजेट हो । उनले चालू आर्थिक वर्षका निम्ति गतवर्ष १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख रुपियाँँको बजेट पेस गरेका थिए ।
आगामी बजेटमा कर्मचारीको तलबभत्ता वृद्धि, सामाजिक सुरक्षा भत्ता वृद्धिका साथै प्रत्यक्ष र समानुपातिक सांसदले खर्च गर्न पाउने कार्यक्रममा रकम वृद्धिका निम्ति बढी दबाब परेको छ ।































प्रतिक्रिया