आज गणतन्त्र दिवस : देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आज गणतन्त्र दिवस : देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

गणतन्त्र दिवस–२०७६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । संविधानसभाको पहिलो बैठकले वि.सं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाइ सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

 

लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको छ । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको थियो । वि.सं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीयतह , प्रदेश र केन्द्रको निर्वाचनसँगै संविधानको कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।

वि.सं २०१५ मा संसदीय निर्वाचन भई प्रथम जननिर्वाचित सरकार गठन भएपनि त्यसले १८ महिनाभन्दा बढी काम गर्न पाएन । राजा महेन्द्रले विसं २०१७ पुस १ गते प्रथम जननिर्वाचित सरकारका प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई शाही नेपाली सेनाको शक्तिका भरमा नजरबन्द गरी निर्दलीय पञ्चायती शासनको सूत्रपात गर्नुभएको थियो ।

जहानियाँ राणा शासनको जगजगीका बेला स्थापना भएको नेपाली काँग्रेसले संविधानसभाबाट संविधान बनाई प्रजातन्त्र स्थापनालाई मुख्य लक्ष्य बनाएको थियो । विसं २००७ फागुन ७ गते राजा त्रिभुवनले संविधानसभा निर्वाचनको शाही घोषणा गरेपनि त्यो पुरा हुन सकेन । त्यहि मुल लक्ष्य ०७२ सालमा पूरा भयो ।

यद्यपी पछिल्ला दिनहरुमा गणतन्त्रकै उपेक्षा हुनेगरि राजनितिक दलका नेता, प्रधानमन्त्री, राष्ट्रपति लगायतमा तत्कालिन राजतन्त्रको झल्को भइरहने खालका गतिविधि हुने गरेका छन् । यसले आम नागरिकमा वितृक्ष्णा जागृत भएको छ ।

Skip This
Skip This
Logo