पाँचथर,
पाँचथरको मिक्लाजुङ गाउँपालिकामा मङ्गलबार (आज) शोक बिदा गरिने भएको छ । गाउँ कार्यपालिकाको बैठकले गत जेठ ६ गते मिक्लाजुङ–३, आरुबोटेमा विभत्स हत्या भएका विद्यार्थी बालबालिकाको आत्माको चिरशान्तिको कामना गर्दै एक दिन बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिकाका सबै शैक्षिक संस्थामा शोक बिदा दिने निर्णय गरिएको गाउँपालिका अध्यक्ष अमर माखिमले जानकारी दिए । हत्याकाण्डमा मारिएका नौ जना मध्ये १२ वर्षीया युहाना, १० वर्षीया मुना, आशिका र आठ वर्षीया इक्सा स्थानीय आरुबोटे माविका विद्यार्थी हुन् ।





























प्रतिक्रिया