टाइमर मिलाउन नजान्दा : बिहान ४:१५ को टाइमर, बेलुकी ४:१५ मै विस्फोट !

टाइमर मिलाउन नजान्दा : बिहान ४:१५ को टाइमर, बेलुकी ४:१५ मै विस्फोट !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

सोमबार बन्द सफल पार्न झिसमिसेमै विस्फोट गर्ने योजना बनाएका विप्लव समूहका कार्यकर्ताले टाइमर मिलाउन नजान्दा अघिल्लो बेलुकी नै विस्फोट भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सोमबार बिहान ४ः१५ मा विस्फोट गराउने गरी टाइम सेट गर्दा आइतबार बेलुका ४ः१५ मा विस्फोट भएको प्रहरीको भनाइ छ । सुकेधारा र घट्टेकुलोमा एकैपटक विस्फोट भएको थियो । राजधानीका थप चार ठाउँमा बम भेटियो ।

दुवैतिर एकै समयमा आकस्मिक रूपमा बम विस्फोट हुनुको कारणबारे अनुसन्धान केन्द्रित गरिएको काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले बताए । उनका अनुसार अनामनगर र सुकेधारामा भएको विस्फोटका घाइतेहरूले १२ घन्टाअघि टाइमर मिलाउने क्रममा एक्कासि बम पड्किएको बताएका छन् ।

सुकेधारा, घट्टेकुलो र नागढुंगाका तीनैवटा विस्फोट दुर्घटनावश भएको प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा विप्लव समूहका चार जनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । सोमबारको बन्दलाई लिएर विप्लव समूहले थुप्रै ठाउँमा विस्फोटको तयारी गरेको देखिन्छ । तर, प्रहरी र गुप्तचर निकायलाई त्यसको सुइँकोसमेत थिएन । यसले सुरक्षा निकायको सूचना संयन्त्र कति कमजोर छ भन्ने देखाउँछ ।

केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल भने सो समूहले हिंसात्मक गतिविधि गर्न सक्ने पूर्वआकलन अनुसार नै प्रहरीले सुरक्षा योजना बनाएर अघि बढेको बताउँछन्  । ‘सो समूहका गतिविधि प्रहरीको विशेष निगरानीमै छन्,’ उनी भन्छन्, ‘सूचना संयन्त्र पनि यसमा खटिएको छ ।’
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo