मकवानपुरमा ट्रक आगजनी, धादिङमा फेला परेको बम निष्क्रिय

मकवानपुरमा ट्रक आगजनी, धादिङमा फेला परेको बम निष्क्रिय

केन्द्रबिन्दु
0
Shares

हेटौँडा,

आज बिहानै हेटौँडामा एउटा ट्रकमा आगजनी गरिएको छ । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडाको चौकिटोलमा प्रहरी चौकि नजिकै ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए ।

आगजनीका कारण गाडीका सबै भाग जलेका छन् । विप्लव नेतृत्वको नेकपाले गरेको बन्दलाई सफल बनाउने भन्दै केहि संख्यामा आएका व्यक्तिहरुले आगो लगाएको बताइएको छ ।

उता उत्तरी मकवानपुरको थाहा नगरपालिकामा पनि बन्दको दिन आज एउटा मालबाहक सवारीमा आगजनी गरिएको छ । थाहा नगरपालिका वडा नम्बर १ खानीगाउँमा ना ६ ख ८००७ नम्बरको आईचर गाडी जलाइएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक यज्ञप्रसाद भटराईले बताए ।

यता नेपाली सेनाको टोलीले पृथ्वी राजमार्ग अन्तर्गत धादिङको महादेवबेंशी पुलमा फेला परेको विष्फोटक पदार्थ निष्कृय पारेको छ । गएराति साढे १ बजेतिर फेला परेको उक्त बिस्फोटक पदार्थ निष्कृय पार्न सेनालाईलाई झण्डै चार घण्टा लागेको थियो ।

Skip This
Skip This
Logo