आपतकालिन बैठकपछि गृहमन्त्रीले दिए सुरक्षा निकायलाई यस्तो निर्देशन

आपतकालिन बैठकपछि गृहमन्त्रीले दिए सुरक्षा निकायलाई यस्तो निर्देशन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । राजधानीमा आइतबार अपरान्ह भएका दुई विस्फोटपछि तिनै सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएका हुन् ।

घट्टेकुलो र सुकेधारामा बम विस्फोट हुँदा ३ जनाको मृत्यु भएको छ । घटनामा परेर ६ जना घाइते भएका छन् । उक्त घटनापनि बसेको सिंहदरबारस्थित गृहमन्त्रालयमा बसेको आपतकालिन सुरक्षा निकायको बैठकमा गृहमन्त्री थापाले तीनवटै सुरक्षा निकायलाई उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिए ।

गृहमन्त्री थापाले थप जनशक्ति परिचालन गरि सुरक्षा व्यवस्था मजबुत बनाउन र यस्ता घटना दोहोरिन नदिन निर्देशन दिए । बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखसहित महानगरीय प्रहरी कार्यालय र काठमाडौं प्रहरी परिसरका प्रमुखसमेतको उपस्थिति रहेको थियो। उनीहरुले घटनाबारे गृहमन्त्रीलाई ब्रिफिङ गरेका थिए।

सिंहदरबार छेउमै बम बिस्फोटपछि गृहमन्त्रीले बोलाए आपतकालिन सुरक्षा बैठक

अपडेटः विस्फोटमा घाईते विप्लव समूहका विद्यार्थी नेता रहेको पुष्टि

अनामनगरमा विष्फोट भएको वस्तु बम हुनसक्ने आशंका, १ जना फरार

राजधानीको २ ठाउँमा विस्फोट, ३ जनाको मृत्यु

 

Skip This
Skip This
Logo