अपडेटः विस्फोटमा घाईते विप्लव समूहका विद्यार्थी नेता रहेको पुष्टि

अपडेटः विस्फोटमा घाईते विप्लव समूहका विद्यार्थी नेता रहेको पुष्टि


काठमाडौं । अनामनगर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा रविन केसी रहेको प्रहरीले जनाएको छ । उनी नेत्रविक्रम चन्द (विप्लव) समूहनिकट विद्यार्थी नेता हुन् ।

केसी विप्लव समूहनिकट विद्यार्थी संगठनको त्रिचन्द्र कलेजका सभापति हुन् । उनको काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

त्यस्तै सुकेधारा विस्फोटमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे घर भएका कपन मिलनचोक बस्ने ४४ वर्षीय हरि खड्का र कपन चुनिखेल घर भएका सुरेन्द्र महर्जन रहेको प्रहरीले जनाएको छ । घटनामा ६ जना घाइते भएका छन् ।

अनमनगर विस्फोटस्थलमा विप्लव समूहको पर्चा भेटिएको छ । पर्चामा भोलि आह्वान गरिएको बन्द सफल पार्न आग्रह गरिएको छ । केही प्रत्यक्षदर्शीले ठूलो आवाज आएको विष्फोट भएको थियो । उनीहरुका अनुसार एकास्सि सिलिण्डर पड्किएको हो कि भन्ने आवाज आएको र हेर्दा सिलिण्डर सामान्य अवस्थामा थियो । स्थानीयले बम बनाउँदै गर्दा विष्फोट भएको आशंका गरेका छन् ।

अनामनगरमा विष्फोट भएको वस्तु बम हुनसक्ने आशंका, १ जना फरार

राजधानीको २ ठाउँमा विस्फोट, ३ जनाको मृत्यु

Logo