मकवानपुर,
प्रदेश ३ सरकारले आगामी १४ जेठमा नीति तथा कार्यक्रम ल्याउने तयारी छ । मंगलबार सार्वजनिक गर्ने प्रदेशको नीति तथा कार्यक्रमको तयारी पुरा भएको बताइएको छ । संसद बैठकमा प्रदेश प्रमुख अनुराधा कोइरालाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ ।
प्रदेश सरकार गठन भएपछि दोस्रो पटक नीति तथा कार्यक्रम ल्याउने तयारी गरिएको हो । पहिलो बर्ष हतारमा नीति तथा कार्यक्रम ल्याएको प्रदेश सरकारले अहिले भने सबै क्षेत्रका कामलाई समेटेर नीति तथा कार्यक्रम ल्याउन लागेको प्रदेश ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेलले बताए ।
प्रदेशको जिल्लाहरुको आवश्यकता तथा परिवेशलाई समेत गहिरो अध्ययन गरेर आउँदो आर्थिक वर्षको लागि नीति तथा कार्यक्रम तयार पारिएको आर्थिक मामिला तथा योजना मन्त्री ढुंगेलले बताए । ‘हामीले प्रदेशको मौलिकता र छुट्टै पहिचानलाई समेटिने गरी नीति तथा कार्यक्रम तय गरेका छौँ’, मन्त्री ढुड्डेलले भने । मन्त्री ढुड्डेलका अनुसार प्रदेशको सांस्कृतिक, भाषिक, सामाजिक क्षेत्रलाई समेटेर नीति तथा कार्यक्रम तयार गरिएको छ ।
प्रदेश ३ का सातवटै मन्त्रालयले आफ्ना प्रस्तुतीकरणका कार्यक्रम राखिसकेपछी यही आधारमा नीति तथा कार्यक्रम ल्याउने तयारी छ । नीति तथा कार्यक्रममा मासु, दुध, अण्डामा आत्मनिर्भर बनाउने, पर्यटन भ्रमण बर्ष सफल पार्ने, पुर्बाधार बिकास लगायतका क्षेत्र विशेष प्राथमिकतामा परेको बताइएको छ ।
राजधानीबाट





























प्रतिक्रिया