काठमाडौंं,
प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको समूहले नेपाली सेनाका एक जवानलाई अपहरण गरेको छ । अपहरणको उक्त घटना विप्लव र सेना दुवैतर्फबाट एक महिनासम्म गुपचुप राखिएको छ ।
रुपन्देहीको सैनामैनास्थित सेनाको श्री नम्बर २ तालिम गणमा तालिमरत सैनिक जवान सुरेन्द्रबहादुर शाहीलाई वैशाख १६ मा विप्लव समूहका कार्यकर्ताले अपहरण गरेका थिए । छुट्टीमा घर गएका शाहीलाई विप्लव समूहले जाजरकोट जुनिचाँदे गाउँपालिका–२ स्थित आफ्नै घरबाट अपहरण गरेको हो । सैनिक जवान शाहीका बाबु वीरबहादुर कांग्रेसका तर्फबाट सोही वडाका अध्यक्ष हुन् । अपहरणको यो घटना वैशाख १६ गतेको हो । अपहरण लगत्तै शाहीलाई विप्लव समूहले अज्ञातस्थलतर्फ लगेको थियो ।
प्राप्त सूचना अनुसार शाही परिवारसँग विप्लव समूहले दुई लाख रुपैयाँ चन्दा मागेको थियो । वीरबहादुरले चन्दा दिन अस्वीकार गरेका थिए । चन्दा नदिएकै कारण शाहीलाई कार्यकर्ताले अपहरण गरेका हुन् । विप्लव समूहले जुनिचाँदे गाउँपालिका लगायत जाजरकोटका अधिकांश गाउँमा २० हजार देखि ४ लाखसम्म चन्दा उठाउने गरेका छन् । शाही अपहरणका लागि २०/२५ जनाको समूहको टोली उनको घर पुगेको थियो । त्यसमध्ये ९ जना महिला रहेको सैनिक स्रोतले उल्लेख गरेको छ ।
अन्नपूर्णबाट































प्रतिक्रिया