प्रदेश ३ को नाम गौरीशंकर राख्न सुझाव

प्रदेश ३ को नाम गौरीशंकर राख्न सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौंं,

प्रदेश ३ को नाम हिमालबाट ‘गौरीशंकर’ राख्दा उपयुक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । शनिबार आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशंकर नाम उपुक्त हुने सुझाव दिएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टीका नेता एवं प्रदेश सांसद पशुपति चौंलागाई, पूर्वमन्त्री गणेश शाह, प्रदेश सांसदद्वय विशाल खड्का र दिपेन्द्र श्रेष्ठ, डा. प्रदीप मैनालीसहितले प्रदेशको अपनत्व र प्रतिनिधित्व हुने साझा नाम गौरीशंकर हुने सुझाव दिएका हुन् । नामाकरणको निर्णय गर्न सांसद खड्काद्वारा गत साता प्रदेश सभामा प्रस्ताव दर्ता भइसकेको छ । त्यसलाई कार्यान्वयन गर्न सबै प्रदेशमा समन्वय गर्नका लागि बरिष्ठ कलाकार मदनदाश श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको जानकारी कार्यक्रममा दिइयो ।

‘पवित्र हिमालको नाम भएको र नेपालको समय निर्धारणसमेत गौरीशंकर भएकाले यो नाम उपयुक्त हुन्छ भनेर हामीले अभियान थालेका हौं’, कार्यक्रममा बरिष्ठ कलाकार एवं संयोजक श्रेष्ठले बताए । नेता चौलागाईले नाम र राजधानीको विषयमा प्रदेश सभाको यही अधिवेशनमा मतदान हुने औंल्याउदै गौरीशंकर हुन सक्ने सम्भावना रहेको बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo