ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। बिभिन्न विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई गत चैतमा पक्राउ गरीएको थियो । "/>

बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो

बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो

केन्द्रबिन्दु
0
Shares

ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। बिभिन्न विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई गत चैतमा पक्राउ गरीएको थियो ।

नेपाल प्रहरीको पहलमा प्रहरीको अन्तर्राष्ट्रिय संगठन (इन्टरपोल) ले २०७२ असार २९ मा गुरुङविरुद्ध डिफ्युजन नोटिस जारी गरेको थियो। बैंंककमा बस्दै आएका उनले समाजिक सञ्जाल  ‘फेसबुक, भाइबर,’ मार्फत विभिन्न व्यक्तिहरुसँग कुराकानी गरी विकसित मुलुकमा राम्रो काम र कमाईको प्रलोभन देखाएर ठगी गर्दै आएका थिए।

गुरुङविरुद्ध ५२ ओटा मानव ओसारपसारसम्बन्धी उजुरी परेका छन्। गुरुङमाथि ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप छ ।

Logo