एजेन्सी । आफ्नै छोरीको कुमारीत्व बेच्न खोज्ने आमा जेल परेकी छन् । रुसकी ३५ वर्षीया इरिना ग्लादकिखलाई आफ्नै १३ वर्षीया छोरीको कुमारीत्व बेच्न खोज्दा जेलको हावा खानुपरेको हो । उनले आफ्नै छोरीको कुमारीत्व एक प्रहरीलाई नै करिब २७ लाख रुपैयाँमा बेच्ने प्रयत्न गरेकी थिईन् ।
सौन्दर्य प्रतियोगितामा पनि भाग लिने गरेकी पूर्वसुन्दरी ग्लादकिख चेल्याबिन्स्क शहरकी बासिन्दा हुन् । उनले मस्कोनिवासी एक जना प्रहरीलाई आफ्नी १३ वर्षीया छोरीका उत्तेजक तस्बिर खिचाएर पठाएकी थिइन् । डाक्टरबाट छोरी कुमारी भएको प्रमाणपत्र पनि हासिल गरेकी थिइन् ।
उनी छोरी लिएर मस्को पुगेकी थिइन् । बालदुराचारी प्रमाणित भएका एक जना प्रहरीले उनको छोरीसँग यौन सम्बन्ध कायम गर्नका लागि मोटो रकम दिए । ग्लादकिखले पैसा हात पार्न नपाउँदै प्रहरीले उनलाई पक्राउ ग¥यो ।
अदालतले उनलाई साढे चार वर्षको जेल सजाय दिएको छ । उनका छोरी र छोरा हाल हजुरआमासँग बस्छन् । उनकी छोरीको कुमारीत्वको ग्राहक खोजिदिने काममा संलग्न अन्य दुई जनालाई साढे तीन वर्षको जेल सजाय सुनाईएको छ । प्रहरीले ग्लादकिख र अन्य दुई जना दोषीले पहिले यौनकर्मीका रूपमा काम गरेको पनि बताएको छ ।





























प्रतिक्रिया