बैतडी,
बैतडीमा गएराती आगलागी हुँदा एकैघरका तीन जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा पुर्चौडी नगरपालिका ५ कुवाकोटका ४५ वर्षीय करे लुहार उनकी ४० वर्षीया श्रीमती ब्रिन्दा लुहार र ८ वर्षीय छोरा मनोज लुहार रहेका बैतडीका प्रहरी नायव उपरिक्षक नेत्रमणी गिरीले जानकारी दिए।
पुर्चौडी नगरपालिका ५ कुवाकोट घर भई उनीहरु पुर्चौडी नगरपालिका ७ बसपार्कमा टहरा बनाई बस्दै आएका थिए । बुधबार राति खाना खाई टहरामा सुतेका उनीहरुको चुल्होको आगो एक्कासी सल्केर आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
बुधबार राति करीब पौने १० बजेतिर आगो लागेको भएपनि करे लुहारको परिवारलाई भने बचाउन नसकिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएपनि प्रहरी र स्थानीय घटनास्थल पुग्दा उनीहरुको जलेर मृत्यु भइसकेको जनाइएको छ ।































प्रतिक्रिया