भन्सारमा बदमासीः चेकजाँच नै नभई नेपाल भित्रियो एक कन्टेनर सामान

भन्सारमा बदमासीः चेकजाँच नै नभई नेपाल भित्रियो एक कन्टेनर सामान

केन्द्रबिन्दु
0
Shares

बुटवल,

भन्सार कर्मचारी, भन्सार राजश्व गस्ती र तस्करको मिलेमत्तोमा बेलहिया नाकाबाट जे पनि भित्र्याउन सम्भव छ भन्ने कुराको उदाहरण मंगलबार भैरहवा नाकामा भएको एउटा घटनाले पुष्टि गरेको छ । भन्सार नाकामा तीन तहको सुरक्षालाई पार गर्दे बिना भन्सार लाखौं मुल्यका सामान बोकेको कन्टेनर नेपाल भित्रिएपछि त्यस्तो तथ्य उजागर भएको हो ।

सोमबार दिउँसो करिब साँढे ४ बजेपछि बेलहियाबाट नेपाल पसेको कन्टेनर भन्सारको मुल गेट अगाडी केहीबेर रोकियो । भन्सार यात्रु शाखामा पनि केही बेर रोकिए झैं गर्यो । तर त्यहाँका भन्सार कर्मचारी र राजश्व गस्तीले त्यसलाई नदेखेझैं गरे । कन्टेनर सरासर मुल सडकबाटै भन्सार नपसी करिब १ किलोमिटर भैरहवा तर्फ आएपछि बल्ल नेपाल प्रहरीको नजरमा पर्यो । जि.जे ०६ ए.जेड ६३५९ नम्बरको मालबाहक कन्टेनरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको कन्टेनरमा भारतीय युनिचार्म कम्पनीका सयौं काटुर्न डाइपर छन् । बरामद सामानको मुल्य यकिन भइनसकेको राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख विजय रानाले बताए ।

विशेष सुराकीको आधारमा सो कन्टेनरलाई नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको बताइएको छ । भन्सार नपसी करिब एक किलोमिटर नजिक आइसकेको कन्टेनरलाई रोक्दा समेत अटेरी गरेको र जबरजस्ती रोक्नु परेको प्रहरी श्रोतले बताएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले भन्सारभित्र नपसी मालबाहक कन्टेर भैरहवातर्फ गएको भन्ने सुचना पाएपछि चेकजाँच गरी गाडीलाई नियन्त्रणमा लिएको बताए। जिपिएस लकिङ्ग गरिएको मालबाहक कन्टेनरका चालकसँग कुनै कागजातसमेत नभएको एसपी थापाले बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo