काठमाडौँ,
केहिदिन यता पानी नपर्दा देशभरी कै तापक्रम बढेर जनजीवन प्रभावित भएको छ । बुधबार (आज) भने धेरै ठाउँको मौसम बदली भई मेघ गर्जन र हुरीबताससहित पानी परेपछि तापक्रम केही घट्ने मौसमविद्ले अनुमान गरेका छन् ।
मौसमविद्का अनुसार सामान्यतया प्रिमनसुनमा बिहान मौसम सफा भएपनि दिउँसोपछि स्थानीय वायुको असरले मौसम बदली भई बेलुकीतिर मेघ गर्जन र हुरीबताससहित पानी पर्ने गर्छ ।
मंगलबार काठमाडौंको तापक्रम यस वर्षकै उच्च
काठमाडौंको तापक्रम मंगलबार (हिजो) यस वर्षकै उच्च मापन गरिएको छ । मंगलबारको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार यसअघि गएको वैशाख १९ गते ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको यहाँको तापक्रम त्यसयता घटबढ हुँदै मंगलबार ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि २०४६ साल वैशाख २५ गते काठमाडौंको तापक्रम अहिलेसम्म कै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको महाशाखाले जनाएको छ ।





























प्रतिक्रिया