क्रूर बन्दै समाज, सात महिनामा श्रीमती हत्याका ६७ घटना

क्रूर बन्दै समाज, सात महिनामा श्रीमती हत्याका ६७ घटना

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

नेपाली समाजमा सामान्य विवादमा जघन्य अपराध बढ्दै गएको छ । प्रहरीका अनुसार हत्याका घटनामध्ये झन्डै ४० प्रतिशत आफन्तबाटै भएका छन् । समाजका मूल्य–मान्यता फेरिँदै गएको र विचलन बढ्दा आफन्तभित्रै हत्याका घटना बढेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेल बताउँछन् । ‘सामान्य विषयमा समाज र घरभित्रै हुने घटना निकै बढेका छन्,’ उनी भन्छन्, ‘यस्ता घटना रोक्न प्रहरीले पनि सामुदायिक पुलिसिङको अवधारणा अघि बढाएको छ ।’

गत साउनदेखि माघसम्म सात महिनामा देशभर चार सय ९२ व्यक्तिको हत्या भएको तथ्यांक छ । जसमध्ये एक सय ४४ हत्या आफन्तबाटै भएको प्रहरी प्रधान कार्यालयको तथ्यांक छ । साउनदेखि माघ मसान्तसम्मको तथ्यांक अनुसार ६७ पुरुषले श्रीमतीको हत्या गरेका छन् भने ६ पुरुष श्रीमतीबाट मारिएका छन् ।

१५ आमाबुबा छोराबाट मारिएका छन् । आमाले ६ बालबालिका तथा आठ नवजात शिशुको हत्या गरेका छन् । चार बालबालिकाको हत्या बाबुबाट भएको प्रहरीले जनाएको छ । यस्तै, यो अवधिमा दाजुबाट चार भाइ–बहिनी र बुहारीले तीन सासू–ससुरा र जेठानीको हत्या गरेका छन् । त्यस्तै, नातिले हजुरबुबा, सासू–ससुराले ज्वाइँछोरी, काकाकाकीले भतिज, भान्जाले मामाको हत्या गरेका घटना रहेको प्रहरी प्रवक्ता डिआइजी पोखरेलले बताए ।
नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo