काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने मन्त्री पण्डितको चेतावनी

काम नगर्ने कर्मचारीलाई कारवाही गर्ने मन्त्री पण्डितको चेतावनी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काम नगर्ने कर्मचारीलाई कडा कारवाही गर्ने चेतावनी दिएका छन् । मन्त्री पण्डितले सबै कर्मचारीहरुलाई उत्साहका साथ काम गर्ने वातावरण बनाउन सरकार लागि परेको दावी गरे ।

मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘संघीय निजामती सेवाको गठन, संचालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथि समितिका सदस्यहरुले उठाएका विभिन्न प्रश्नको जवाफ दिने क्रममा उनले तत्काल करारमा रहेका कर्मचारीलाई हटाउने व्यवस्था नरहेको स्पष्ट पारे ।

उनले तत्कालका लागि खुला प्रणाली र करार दुवैबाट राष्ट्रिय आवश्यक्ताको आधारमा कर्मचारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्न लागिएको बताए ।

मन्त्री पण्डितले कर्मचारीहरुको मनोबल गिराउने काम सरकारबाट नहुने प्रतिवद्धता दोहो¥याए । जिम्मेवारी अनुसार कामै नगर्ने कर्मचारीलाई सरकारले कडा कारवाही गर्ने मन्त्री पण्डितको भनाई छ ।

Logo