काठमाडौं । भारतमा हालै लोकसभा निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्निपरीक्षाको रुपमा पनि हेरिएको छ । मोदीका लागि प्रतिष्ठाको विषय समेत बनेको यो निर्वाचनको नतिजाले उनको आगामी राजनीतिक यात्रा तय गर्नेछ ।
भारतीय जनता पार्टीका नेता मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा गुजरातमा भएको थियो । दामोदर दास मुलचन्द र उनकी पत्नी हिरावेनका ६ सन्तानमध्ये तेस्रो सन्तानका रूपमा उनको जन्म भएको थियो । गुजरात विश्वविद्यालयबाट राजनीति विज्ञानमा स्नातकोत्तर डिग्री प्राप्त मोदीलाई विकास पुरुषको नामले चिनिन्छ ।
उनी भारतको सबैभन्दा लोकप्रिय नेताहरू मध्ये एक हुन् । स्मरण होस् उनी सामाजिक सन्जाल साइट ट्वीटरमा सबैभन्दा बढी फलोअर भएको भारतीय नेता पनि हुन् । टाइम पत्रिकाले मोदीलाई टाइम वर्ष व्यक्ति २०१४ को लागि ५० उम्मेदवारहरुको सूचीमा राखेको थियो । अटल बिहारी वाजपेयी जस्तै नरेन्द्र मोदी एउटा राजनेता र कवि हुन् ।
उनी गुजराती भाषा बाहेक हिन्दीमा समेत राष्ट्रप्रेमी कविताहरू लेख्ने गरेका छन् । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका मोदी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री बनेका थिए । ५ सय ४५ सदस्यीय लोकसभामा भारतीय जनता पार्टीले २ सय ८२ मतका साथ स्पष्ट बहुमत ल्याएको थियो ।
स्वतन्त्र भारतको १५ औ प्रधानमन्त्री रहेका मोदी यो पदको जिम्मेवारी सम्हाल्ने स्वतन्त्र भारतमा जन्मेका प्रथम व्यक्ति पनि हुन् । हिन्दु राष्ट्रवादी नेताको छवि बनाएका मोदी विश्वका चर्चित मध्येका एक नेता हुन् । उनका बारेमा १० रोचक तथ्य तलको भिडियोमाः





























प्रतिक्रिया