यात्रीबस त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु

यात्रीबस त्रिशुलीमा खस्दा ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ,

काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बस गजुरी गाउँपालिका ६ बन्छेटारको आदमघाटबाट आज बिहान त्रिशुलीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय घादिङले बस त्रिशुलीमा खसेको पुष्टि गरेको छ । तर दुर्घटनास्थलमा टेलिफोन सम्पर्क समेत हुन नसकेकोले विस्तृत विवरण आएको छैन । जिल्ला प्रहरी कार्यालय घादिङका अनुसार मृतकको संख्या अझै वढ्न सक्नेछ ।

Skip This
Skip This
Logo