तपस्वी रामबहादुर बम्जन सार्वजनिक, सिन्धुलीको आश्रममै देखिए

तपस्वी रामबहादुर बम्जन सार्वजनिक, सिन्धुलीको आश्रममै देखिए

केन्द्रबिन्दु
0
Shares

सिन्धुली,

तपस्वी रामबहादुर बम्जन सार्वजनिक भएका छन् । बोधी श्रवण धर्मसंघ सिन्धुलीले उनकै आश्रममा गरेको एक कार्यक्रममा उनी सार्वजनिक भएका हुन् ।

उनी करिब तीन महिना अगाडिनै सार्वजानिक हुने भनिएपनि सुरक्षाको चुनौती भन्दै सार्वजानिक भएका थिएनन् । तर १४ औं महामैत्री दिवस, विश्व शान्ति महामैत्री पूजा प्रार्थनामा उनी देखिएका हुन् । केहि महिना अघि आश्रम भित्र उनका अनुयायी तथा आनीहरुलाई बेपत्ता पारेको, यौन दुर्व्यवहार गरेको जस्ता आरोप लागेको थियो ।

२०६८ साल असार १ गते सिन्धुलीको कमलामाई नगरपालिका ७ स्थित सामुदायिक बनमा अस्थाई आश्रमका रुपमा बस्न बम्जन सिन्धुली आएका थिए । तत्कालिन अवस्थामा सिन्धुलीमा ३ महिना मात्रै बसेर सर्लाहीको पथरकोट गएका बम्जन पुन: २०७४ साल असोजदेखि सिन्धुलीलाई नै आश्रम बनाएर बसेका छन् ।
नागरिकबाट

Logo