शुक्रबार बिहान काठमाडौँको सुन्धारामा सडक दुर्घटना भएको छ । घटनामा एक जनाको ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
वीर अस्पतालतर्फ आइरहेको ना २ ख ४२२२ नम्बरको पानी बोक्ने ट्यांकरले सोही दिशाबाट आइरहेको बा ३७ प ११६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्यांकरको ठक्करबाट मोटरसाइकलको पछाडि बसेकी काभ्रे, पनौती-१० की २३ वर्षीया सुनिता खत्री गम्भीर घाइते भएकी थिइन्।
उपचारका लागि ट्रमा सेन्टरमा लगिएकी उनको उपचारको क्रममा मृत्यु भएको हो ।
घाइते भएका मोटरसाइकल चालक रामशरण केसीको अहिले उपचार भइरहेको छ।
प्रहरीले ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।































प्रतिक्रिया