नगरपालिका परिसरमै मेयरको गाडीमा आगजनी

नगरपालिका परिसरमै मेयरको गाडीमा आगजनी

केन्द्रबिन्दु
0
Shares

अछामको मंगलसेन नगरपालिकाको परिसरमै पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले आगजनी गरेको छ। नगरपालिकाको बा २ झ ३६९४ नम्बरको गाडीमा गएराति आगजनी भएको प्रहरीले जनाएको छ।

आगजनीबाट गाडी पूर्णरुपमा ध्वस्त भएको छ।  जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीका अनुसार गाडीमा आगजनी गर्नेको खोजी भइरहेको छ । पार्किङ गरेर राखिएको गाडी योजनाबद्ध ढङ्गले आगजनी गरेको हुनसक्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश ढुङ्गानाले बताए।

सोही ठाउँमा पार्किङमा राखिएको टिपरलगायत अन्य सरकारी गाडीलाई केही पनि नगरेको उनले बताए। नगरप्रमुख पदमबहादुर बोहरा चढ्ने उक्त गाडी नगरपालिकाले करिब एक वर्षअघि एक करोड २० लाख रुपैयाँमा खरीद गरेको थियो ।

Logo