१६ लाख प्रतिवन्धित भारुसहित ठमेलबाट पाँच जना पक्राउ

१६ लाख प्रतिवन्धित भारुसहित ठमेलबाट पाँच जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं,

भारतीय १६ लाख रुपैयाँ सहित ५ जना पक्राउ परेका छन् । प्रतिवन्धित ५ सय र १ हजार दरका १६ लाख बराबरका नोट सहित ठमेलको व्लु मुन होटलबाट शम्भु परियार, सन्तोष थापा मगर, राजेन्द्र घिसिङ, धनध्वज तामाङ र रामविक्रम खड्का पक्राउ परेका हुन् ।

उनीहरुलाई विशेष सूचनाको आधारमा गए राति पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होबिन्द्र बोगटीले बताए । पक्राउ पाँचै जनालाई राजश्व अनुसन्धान विभागमा पठाइएको छ ।

भारतमा प्रतिवन्ध लगाइएका ५ सय र १ हजारका नोट उनीहरुले के कारणले ल्याए भन्नेबारे खुल्न बाँकी रहेको प्रहरीले बतायो ।

Logo