काठमाडौं,
आगामी आर्थिक वर्ष नजिकिएसँगै विनियोजित बजेट खर्च गर्न सरकारलाई चुनौती थपिएको छ । चालु आवको वैशाख २८ सम्म कुल बजेटको जम्मा आधा मात्र खर्च भएको छ । सरकारले चालु आर्थिक वर्षको लागि कुल १३ खर्ब १५ अर्ब १६ करोड बजेट विनियोजन गरेको थियो । यस अवधिमा आइपुग्दा जम्मा ६ खर्ब ६१ अर्ब ९७ करोड मात्रै खर्च भएको छ ।
चालु आवको १० महिना वित्न लाग्दा ६ खर्ब ५३ अर्ब १९ करोड बजेट खर्च हुन वाँकी रहेको छ । बाँकी बजेट अबको ६३ दिनमा खर्च गर्ने हो भने दैनिक १० अर्ब २६ करोड ८१ लाख खर्च गर्नुपर्ने हुन्छ । सरकारले खर्च गर्न नसक्ने अनुमान गर्दै चालु आवको बजेट अर्धवार्षिक समीक्षा मार्फत कुल बजेट अंक नै संशोधन गरेर ११ खर्ब ९९ अर्ब रुपैयाँ अर्थात् कुल बजेटको ९१.२ प्रतिशत खर्च गर्ने अनुमान गरेको छ । संशोधित बजेटलाई आधार मान्दा पनि दैनिक साढे आठ अर्बका दरले खर्च गर्नुपर्ने हुन्छ ।
कुल बजेटमा चालु खर्च चार खर्ब ९५ अर्ब ८६ करोड भएको छ । जुन खर्च कुल चालु खर्च शीर्षकमा विनियोजित बजेटको ५८.६५ प्रतिशत हो । अर्थ मन्त्रालयले यस आवको लागि आठ खर्ब ४५ अर्ब ४४ करोड चालु खर्च विनियोजन गरेको थियो । यस आर्थिक वर्षमा सात खर्ब ९८ अर्ब चालु खर्च गर्ने योजना बनाएको छ ।
बजेट खर्चमा विशेष रुपले हेरिने पुँजीगत खर्च अन्त्यन्त न्यून छ। यसअवधिमा कुल पुँजीगत खर्चको जम्मा ३८ प्रतिशतमात्रै खर्च भएको छ । यो शीर्षकमा हुन बाँकी खर्च एक खर्ब ९४ अर्ब ५३ करोडलाई अबको बाँकी दिनमा बजेट विन्यास गर्ने हो भने दैनिक तीन अर्ब आठ करोड गर्नुपर्ने खर्च गर्नुपर्ने हुन्छ ।
नागरिकबाट































प्रतिक्रिया