ओलीको सपना साकार, यसरी आयो विराटनगरमा रेल (भिडियो रिपोर्ट)

ओलीको सपना साकार, यसरी आयो विराटनगरमा रेल (भिडियो रिपोर्ट)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपालमा रेल एकासमय कथा जस्तै बनेको थियो । केही वर्ष पहिलासम्म जनकपुर-जयनगर रेल सञ्चालनमा थियो । त्यो पनि बिग्रिएपछि कथा मात्र बन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेला बेला नेपालमा रेल चलाउने भाषण गर्दै आए । उनको भाषणको निकै मजाक उडाईयो ।

थरी थरीका मानिसहरुले विभिन्न खाले टिकाटिप्पणी गरे । आफुलाई बिद्वान मान्नेहरु समेत यसको विरोधमा उत्रिए । तर प्रधानमन्त्री ओलीले भने आफ्नो अडान कायमै राखेका छन् । त्यही अडानका कारण यतिबेला रेल मार्गले अन्तिम रुप पाईरहेको छ ।

मोरङको विराटनगरबाट रेल ल्याउन रेलको पटरी वा लिक विछ्याउने काम धमाधम रुपमा भइरहेको छ । कतिपय स्थानमा लिक ओछ्याउने काम पुरा भएको छ भने कतिपय ठाऊँमा अन्तिम तयारीको काम भइरहेको छ । बथनाहा–कटहरी १८ किलोमिटर दूरिमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको भागमा रेलको लिक बनिरहेको हो ।

केही समयअघि यस रेल मार्गको परीक्षण समेत गरिएको थियो । नेपालतर्फ ३ किलोमिटर र भारततर्फको ५ किलोमिटर दूरीमा परीक्षण सफल भएको थियो । बुधनगरमा बन्दै गरेको एकीकृत भन्सार जाँच चौकीसँगै जोडिएको नेपाल कष्टम यार्डसम्म नेपाली र भारतीय झण्डा राखेर रेलको परीक्षण गरिएको थियो । थप भिडियोमाः

Logo