काठमाडौं,
सभामुख कृष्णबहादुर महराले कानुनविपरीत संघीय संसद् सचिवालय पदाधिकारीका स्वकीय सचिवालयमा रहने कर्मचारीको सुविधा बढाएका छन् । उनीहरूलाई सुरु तलब स्केल अनुसार तलब मात्र उपलब्ध गराउने कानुनी व्यवस्था छ ।
तर सभामुख महराले व्यवस्थापन समितिको बैठक बोलाएर आफ्नो लगायत उपसभामुख शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, उपाध्यक्ष शशीकला दाहालका स्वकीय सचिवालयमा रहने कर्मचारीको तलब स्केलबाहेक अतिरिक्त भत्ताको रकम राज्यकोषले बेहोर्नेगरी ५० प्रतिशत सुविधा बढाएका हुन् ।
सभामुख महराले व्यवस्थापन समितिको बैठक वैशाख १२ गते बोलाएका थिए । मन्त्रिपरिषद्को चैत २१ गते बसेको बैठकले अतिरिक्त समय काम गरेबापत कर्मचारीलाई भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । त्यसका आधारमा सभामुखले स्वकीय सचिवालयमा रहने कर्मचारीलाई पनि सुविधा बढाउने पहल थालेका थिए । संसद्का सबै कर्मचारीको महिनामा ८० घन्टा काम गरे ५० प्रतिशत बढाएपछि उनीहरूलाई पनि सो ५० प्रतिशत रकम बढाउन सभामुख महराले पहल गरेका थिए ।
स्वकीय सचिवालयमा सभामुख र राष्ट्रियसभाका अध्यक्षले राजपत्रांकित प्रथम श्रेणी (सहसचिव) सरह स्वकीय सचिव राख्न पाउने व्यवस्था छ भने उपसभामुख र उपाध्यक्षले राजपत्रांकित द्वितीय श्रेणी (उपसचिव) सरह स्वकीय सचिव राख्न पाउने व्यवस्था छ । यसका अतिरिक्त उनीहरूले कम्प्युटर अपरेटर एक/एक जना, सवारी चालक दुई/दुई जना कार्यालय सहयोगी दुई/दुई जना राख्न पाउने व्यवस्था छ ।
नागरिकबाट































प्रतिक्रिया