समाजकै चेतनशील व्यक्ति मानिन्छ शिक्षक । प्रधानाध्यापक त शिक्षकहरुको पनि शिक्षक। तर, तिनै प्रधानाध्यापकले नै गलत कुरा सिकाउछ भने अरुले के सिक्ने ?
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको फोटो जोडेर भ्रामक प्रचार गर्ने एकजना प्रधानाध्यापक पक्राउ परेका छन् । सामाजिक सञ्जाल फेसबुकमा रास्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर बिगारे अपशब्दसहितको स्टाटस पोष्ट गर्ने प्रधानाध्यापक इश्वरकुमार चौलागाईंलाई प्रहरीले पक्राउ गरेको हो । उनी मेलम्ची नगरपालिका–१३ स्थित फटकशिला माविका प्रधानाध्यापक हुन्।
उनीमाथि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।





























प्रतिक्रिया