नक्कली डलरसहित एनसेल एक्जियटाका लेखाप्रमुख पक्राउ

नक्कली डलरसहित एनसेल एक्जियटाका लेखाप्रमुख पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

निजी क्षेत्रको मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले लाभकर नतिर्ने नियतले बृहतपूर्ण इजलासले गरेको आदेश विरुद्ध दायर गरेको रिटका बारेमा नागरिक समाजमा चर्को बिरोध भइरहेको छ । यही क्रममा एनसेल एक्जियटाका लेखाप्रमुख रुविन दास नक्कली डलरसहित सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

दास एनसेलको लगानीकर्ता मलेसियास्थित एक्जियटाका आन्तरिक लेखा प्रमुख हुन् । उनको फेसबुकमै उनी लेखाप्रमुख रहेको उल्लेख छ ।

उनी नक्कली अमेरिकी डलर १ सय सहित पक्राउ परेका छन् । मालिन्डो एयरको उडान नम्बर 0D184 मा मलेसियाबाट काठमाडौं आएका दासलाई विमानस्थलमा पक्राउ गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीले सोमबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । बैंक काउन्टरमा भिसा शुल्कबापत नक्कली अमेरिकी डलर १ सय बुझाउने क्रममा उनी पक्राउ परेको विमानस्थल प्रहरीले जनाएको छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo