अब अस्पतालको एकसय मिटर वरिपरी चुरोट सुर्ती विक्री बन्द

अब अस्पतालको एकसय मिटर वरिपरी चुरोट सुर्ती विक्री बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

वर्षेनी करीव ३० हजार व्यक्तिको मृत्युको मुख्य कारण रहेको सुर्ती र सुर्तीजन्य पदार्थ अब कुनै पनि अस्पतालको एकसय मिटर अर्थात ३०० फिट वरिपरी विक्री वितरण र उपभोग गर्न नपाइने भएको छ ।

नेपाल प्रहरीको पहलमा काठमाडौं महानगरपालिका र सम्वन्धित अस्पताल प्रशासनको सकृयतामा यसै महिनादेखि यो नियम कडाईका साथ लागु गर्ने विषयमा शुक्रबार ती तिनै पक्ष सम्मिलित वैठकले प्रतिवद्धता व्यक्त गरेको हो ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत महानगरीय प्रहरी परिसर काठमाडौंको आयोजनामा सुर्तीजन्य पदार्थको प्रयोग नियन्त्रण सम्वन्धि विशेष अभियान २०७६ को लागि आयोजित वृहत छलफल कार्यक्रममा तीनैवटा निकायका प्रमुखहरुले पहिलो चरणमा काठमाडौं महानगर क्षेत्रभित्र पर्ने १० वटा सरकारी अस्पताल क्षेत्रमा सुर्तीजन्य पदार्थको विक्री वितरणमा रोक लगाउने सामुहिक प्रतिवद्धता व्यक्त गरेको हो ।

पहिलो चरणमा काठमाडौंका निजामित कर्मचारी (सिभिल) अस्पताल मिनभवन, वीर अस्पताल महावौद्ध, त्रिविवि शिक्षण अस्पताल महाराजगञ्ज, कान्ति वाल अस्पताल महाराजगञ्ज, प्रहरी अस्पताल महाराजगञ्ज, सैनिक अस्पताल छाउनी, प्रसुती गृह थापाथली , शुक्रराज ट्रपिकल अस्पताल टेकु, आयुर्वेद अस्पताल नरदेवी, शहिद गंगालाल हृदय केन्द्र बाँसबारी र तिलगंगा आँखा अस्पताल तिलगंगाको एकसय मिटर वरिपरी सुर्तीजन्य पदार्थको विक्री र उपभोगमा वन्देज लगाइने छ ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo