सामुद्रीक आँधी ‘फानी’को प्रभाव नेपालमा पनि

सामुद्रीक आँधी ‘फानी’को प्रभाव नेपालमा पनि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । बंगालको खाडीमा विकसित भएको सामुद्रीक आँधी फेनीबाट नेपाल पनि प्रभावति हुने भएको छ । समुद्रबाट आज जमिनमा आइपुग्ने अनुमान गरिएको फेनी भारतको उडिसामा पहिले आइपुग्ने छ । त्यसपछि भारतका पश्चिम बंगाल र झारखण्डका केही भूभाग हुँदै नेपालमा यसको प्रभाव आइपुग्ने मौसमवीद वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार फेनीका कारण नेपाली पूर्वी भागमा शनिबार र आइतबार दिनभरी बद्ली र वर्षा हुनेछ । काठमाडौंमा भने मौसम बद्ली हुने र क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको पौडेलले बताए । सोमबारबाट भने मौसम सफा रहने उनको भनाई छ ।

शुक्रबारबाट २ सय किलोमिटर प्रतिघण्टाको गतिमा फेनी आइपुग्ने भएपछि भारतले उडीसाको तटिय क्षेत्रका करीब ८ लाख बासिन्दालाई सुरक्षित स्थानमा सारेको छ । करीब दुई सय किलोमिटर प्रतिघण्टामा अगाडि बढिरहेको आँधीबाट सतर्क रहन तामिलनाडु र आन्ध्र प्रदेशमा पनि उच्च सतर्कता अपनाइएको छ । नेपालमा पनि यसको प्रभाव पर्ने सम्भावना रहेकाले सर्तक रहन मौसमविद्हरुले सुझाएका छन् ।

Logo