सांसद विकास कोषको रकम १० करोड पुर्‍याउने खेल

सांसद विकास कोषको रकम १० करोड पुर्‍याउने खेल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

सांसद विकास कोषको रकम ४ करोडबाट बढाएर १० करोड पु¥याउन सांसदहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । नीति नियम बनाउने प्रमुख दायित्व भएका सांसदहरूद्वारा नै आफ्नै तजबिजमा खर्च गर्ने हालको ४ करोड रुपैयाँ बजेटसमेत अत्यधिक दुरुपयोग भएको भन्दै व्यापक आलोचना भइरहेका बेला अहिले सो रकम बढाएर १० करोड पु¥याउन हस्ताक्षर सुरु भएको हो ।

संघीय संसद्को तेस्रो अधिवेशन सकिएपछि सांसदहरू आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट योजना तथा कार्यक्रमबारे बुझ्न आआफ्ना निर्वाचन क्षेत्र पुगेका थिए । बजेट अधिवेशनको तयारीसँगै सांसदहरू अहिले नयाँ बजेटमा आफ्ना योजना तथा कार्यक्रम पार्न अर्थ मन्त्रालयदेखि अन्य विभिन्न मन्त्रालय धाइरहेका छन् । सरकार अहिले आगामी आवको बजेट निर्माणको तयारीमा जुटेको छ ।

यसैगरी विज्ञहरूले सांसद विकास कोष यसरी सञ्चालन गर्नु संघीयताको मर्मविपरीत रहेको बताउँदै आएका छन् । संघीयता कार्यान्वयन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा पुनः संघीयता विरोधी क्रियाकलाप हुन थालेको उनीहरूको भनाइ छ । ती विज्ञहरूले बजेट निर्माणको बेलामा सांसदहरूबाटै यस्तो अभियान थालिएकोमा भने केही बताएका छैनन् ।

सरकारले आगामी आव २०७६/७७ को बजेट १५ जेठमा ल्याउने गरी काम थालेको छ । अहिले अर्थमन्त्रालय आगामी आवका लागि करिब १५ खर्बको बजेट बनाउने तयारीमा जुटिरहेको छ । आगामी बजेट विशेषगरी सामाजिक सुरक्षा र कर्मचारीको तलब भत्ता बढाउन केन्द्रित हुने देखिएको छ ।
राजधानीबाट

Skip This
Skip This
Logo