सिसडोल ल्याण्डफिल साइट फेरि बन्द

सिसडोल ल्याण्डफिल साइट फेरि बन्द

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

स्थानीयले सोमबार विहानदेखि सिसडोल ल्याण्डफिल साइटमा फोहोर ढुवानी बन्द गरेका छन् । सिसडोल नजिक कागती गाउँमा एकसातादेखि बिग्रिएको ट्रान्समिटर तत्काल बनाउनुपर्ने माग गर्दै उनीहरूले फोहर ढुवानी बन्द गरेका हुन् ।

करिब ५ सय ६० घर परिवार रहेको वलामी गाउँमा बत्ती नबलेपछि आक्रोशित स्थानीयले उपत्यकाका १८ स्थानीय निकायको फोहोर ढुवानी ठप्प पारेका हुन् ।

ककनी गाउँपालिका १ का अध्यक्ष चन्द्रबहादुर श्रेष्ठ बलामीले आफ्नै नेतृत्वमा फोहोर ढुवानी बन्द भएको बताउँदै भन्नुभयो–म पार्टीको भन्दा जनताको वडाध्यक्ष हुँ, जनताको मत जितेर वडाध्यक्ष भएकाले जनताकै पक्षमा लागेर फोहोर बन्द गर्न सहयोग गरेको हुँ ।

वडा कार्यालयले गएको शुक्रबार सिसडोल साइट अफिसमा निवेदन दर्ता गराएको साइट इन्चार्ज सरकारद्वीप श्रेष्ठले जानकारी दिनुभयो । निवेदन आए लगत्तै नेपाल विद्युत प्राधिकरण लगायतका निकायलाई जानकारी गराएको उहाँको भनाइ थियो ।

कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख हरीकुमार श्रेष्ठले स्थानीयले महानगरपालिकासंग असम्बन्धीत माग राखेर दुःख दिएको आरोप लगाउँदै भन्नुभयो–कहिले ट्रान्समिटर बिग्रिएर त कहिले गाडीले कुखरा मारेको आरोप लगाएर, कहिले घर भत्काएका लगायत दर्जनौ माग राखेर पटक पटक फोहोर व्यवस्थापनमा अवरोध गर्ने गरेका छन् ।

माग पुरा गर्दागर्दै महानगरपालिका हैरान भैसकेको छ । उहाँले समस्या समाधान गर्ने विषयमा विद्युत प्राधिकरण लगायत सम्बन्धीत निकायसंग छलफल भैरहेको जानकारी दिँदै नयाँ–नयाँ माग राखेर ढुवानी ठप्प पार्दा समस्या बढेकाले दिर्घकालिन रुपमा समस्या समाधान गर्न सबै सरोकारवाला अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नेपाल समाचारपत्रबाट

Skip This
Skip This
Logo