हत्या गरेर फालिएको अवस्थामा युवतीको शव फेला, श्रीमानसहित तीनजना पक्राउ

हत्या गरेर फालिएको अवस्थामा युवतीको शव फेला, श्रीमानसहित तीनजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

तौलिहवा । कपिलवस्तुको बाणगङ्गा नगरपालिका–८ बालापुरमा स्थानीय २१ वर्षीया सुनिता थारूको हत्या भएको छ ।

सुनिताको हत्या गरी फालिएको अवस्थामा घर नजिकैको बाणगङ्गा खोला किनारमा सोमबार बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।

हत्यामा संलग्न रहेको आशङ्कामा प्रहरीले मृतक सुनिताका श्रीमान २१ वर्षीय सुरेश थारूसहित तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक अच्युतम पुडासैनीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

 

Logo