भाले नखुवाउँदा घरमा बत्ती बलेन

भाले नखुवाउँदा घरमा बत्ती बलेन

केन्द्रबिन्दु
0
Shares

मलंगवा
जिल्लाको उत्तरी क्षेत्रमा रहेको परवानीपुरका स्थानीय विद्युत उपभोग गर्नबाट बञ्चित भएका छन् । मिटर जडानका लागि २०७३ सालमै विद्युत प्राधिकरण वितरण केन्द्र लालबन्दीमा निवेदन दिएको भए पनि अझै सम्म प्राधिकरणले मिटर जडान नगर्दा उनीहरु विद्युत उपभोग गर्नबाट बञ्चित भएका हुन् ।

लालबन्दी नगरपालिकाको वडा नम्बर १५ मा पर्ने धुसेनी, देउराली, तिनतले लगायतका स्थानका करीब १४० घरधुरीमा प्राधिकरणले विद्युत मिटर जडान नगरी दिएको देउरालीका स्थानीय बाबुराम थोकरले बताए ।

‘मिटर जडानका लागि निवेदन दिएको २ वर्ष वितिसक्यो, हामीले पटक पटक मिटर जडानका लागि प्राधिकरणका कर्मचारीलाई अनुरोध ग¥यौं तर अहिले सम्म जडान गरेका छैनन्’, स्थानीय थोकरले भने ।

पहिले पहिले घर बनाउँनका लागि जंगलबाट काठ ल्याउँदा वनपालेहरुले घुसको रुपमा कुखुराको भाले खाने गरेको स्मरण गर्दै स्थानिय भन्छन् ‘विद्युत प्राधिकरणका कर्मचारीले पनि मिटर जडान गर्न अनुरोध गर्दा भाले खुवाउनु पर्छ भन्ने गरेका छन्’ धुसेनीका स्थानीय वीर वहादुर वोम्जनले गुनासो गरे ।

८/१० घरमा मिटर छ, सोही मिटर हुँदै सवामिटर राखेर धेरैले विद्युत उपभोग गरी रहेकाछन् । मिटर जडानका लागि निवेदन दिएको धेरै भईसक्यो, उल्टै मिटरै जडान नगरी विजुलीको विल आउने गरेको छ अर्का स्थानीय देव बहादुर घलानको भनाई छ ।

‘गाउँमा बत्ती पुगेको छैन व्यावसाय गर्दा पनि बत्ती चाहिन्छ, कुखुरा फर्ममा बत्ती नहुँदा कुखुराका चल्लाहरु मर्छन’, स्थानीय घलानले भने । यता वितरण केन्द्रका प्रमुख विजय महतोले काम गर्दै जाँदा केही काम बाँकी रहेको बताए ।
राजधानीबाट

Skip This
Skip This
Logo