काठमाडौं
दुषित पानीले सय भन्दा बढी बिरामी परेको गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटको पिउने पानीमा कोलिफर्म भएको पुष्टि भएको छ । पानी दुषित भएर फैलिएको झाडा पखला शनिबारसम्म नियन्त्रणमा आएको छैन ।
खानेपानी तथा सरसफाई डिभिजन कार्यालय गुल्मीमार्फत पाल्पामा गरिएको परीक्षणमा दजाकोटमा खानेपानीमा कोलिफर्म भएको पुष्टि भएको इन्जिनियर प्रकाश न्यौपानेले बताए । पहिलो दिनको एक सय मिलिलिटर खानेपानी परिक्षण गर्दा एक सय ४० नम्वर कोलिफर्म भेटिएको जानकारी दिए ।
‘विश्व स्वास्थ्य सगंठनका अनुसार खानेपानीमा कोलिफर्मको संख्या शून्य हुनुपर्छ,’ उनले भने, ‘कोलिफर्म मानिस वा जनावरको भन्ने टुंगो लागेको छैन ।’ दुषित खानेपानीका कारण शनिबारसम्म दजाकोटमा एक सय ६० जना बिरामी भइसकेका छन् ।
८ वैशाखबाट सुरु झाडापखाला अझै नियन्त्रणमा आउन सकेको छैन । बिरामीमध्ये अधिकाशंमा ज्वरो आउने, पखाला लाग्ने तथा टाउको दुख्ने समस्या देखिएको मुसिकोटका स्वास्थ्य संयोजक डिबि जिसीले जानकारी दिए ।
नयाँ पत्रिकाबाट





























प्रतिक्रिया